सुहाङले आज सांसद पदको शपथ लिँदै

सुहाङले आज सांसद पदको शपथ लिँदै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरवारमा राखिएको छ ।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम-२ बाट २७ हजार ७ सय ७२ मत पाएर नेम्वाङ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।