कोशी प्रदेशमा एमालेका राना र माओवादी केन्द्रका उप्रेती मन्त्री बन्दै

कोशी प्रदेशमा एमालेका राना र माओवादी केन्द्रका उप्रेती मन्त्री बन्दै


ग्लोब नेपाल
216
Shares

काठमाडौं । कोशी प्रदेश सरकारमा पहिलो चरणमा एमाले तर्फबाट राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्ने पक्का भएको छ ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा बिहीबार एमाले र माओवादी केन्द्रका एक एक जना मन्त्री सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

एमाले संसदीय दलका उपनेता राना यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।