उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा



काठमाडौँ । बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेकाे छ ।

यस्तै सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक पाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेकाे छ ।

बैठकमा समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई मनोनयन गरेको छ भने भाषा आयोगको रिक्त सदस्य पदमा काठमाण्डाैमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय भएकाे छ ।