दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुवै जना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाबारे काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।