कांग्रेसले छुद्र राजनीति गर्‍यो : अध्यक्ष ओली

कांग्रेसले छुद्र राजनीति गर्‍यो : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् ।

ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए । 

उनले भने, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले  समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’

अध्यक्ष ओली कुनै दोषी नभएका व्यक्तिलाई सनकको भरमा गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने बताएका छन् । उनले समीकरण भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कांग्रेस छुद्र खेलमा लागेको टिप्पणी गरे ।

उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

ओलीले राष्ट्रियताबारे राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

‘नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो । किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ’, ओलीले भने, ‘सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?’

उनले यसबारे एमालेले संसद्‌मा गम्भीर ढङ्गले राख्ने समेत बताए । साथै उनले यसमा राष्ट्रपति वा प्रधानमन्त्रीले जवाफ कसले दिने हो दिनुपर्ने पनि बताए । उनले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रपतिको बोली बोल्ने भन्दै राष्ट्रपतिलाई प्रश्न समेत गरे ।