प्रतिनिधि सभामा कांग्रेसको अवरोध

प्रतिनिधि सभामा कांग्रेसको अवरोध

संसदीय समिति नबनी कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा



काठमाडौँ । काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको थियाे ।

सभा सुरु भएपछि कांग्रेसले लामिछाने सहकारी ठगीमा जोडिएको विषयमा संसदीय छानबिन समिति नबनीकन सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्धामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे ।