रविको गगनलाई चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोड्छु

रविको गगनलाई चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोड्छु



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् ।

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।

“आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?” उनले मिडियाबाजी र घेराबन्दी भएको बताए । लामिछानेले मिथ्या सूचना प्रकाशित गरेर आफूविरुद्ध घेराबन्दी भएको बताए