काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु भएको हो। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ।रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ।
प्रतिक्रिया