अशोक राई नेतृत्वको जसपाबाट सरकारमा तीन मन्त्री आजै पठाउने

अशोक राई नेतृत्वको जसपाबाट सरकारमा तीन मन्त्री आजै पठाउने



काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट तीनजनालाई सरकारमा पठाउने तयारी गरिएको छ । सांसदहरू प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई सरकारमा पठाउन लागिएको पार्टीका महासचिव मोहमद इस्तियाक राईले जानकारी दिए ।

यादव स्वास्थ्यमन्त्री बन्ने तय भएको छ । झाको मन्त्रालय टुंगिएको छैन । खान भने स्वास्थ्य राज्यमन्त्री बन्ने जनाइएको छ । उनीहरूको शपथ आज साँझै गराउने तयारी गरिएको छ । जसपाबाट नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए । रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए ।