काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् ।
उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्, ‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’
त्यसैगरी प्रतिवेदनमा नेपालले कांग्रेसलाई लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिबद्ध शक्ति भन्दै एमालेलाई ती दुवै (लोकतन्त्र र संविधान) का लागि खतरा शक्तिका रूपमा औंल्याएका छन् ।
नेपालको राजनीतिक प्रतिवेदनमा एमाले व्यक्ति केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्ड मा परिणत भएको दाबी गरिएको छ । त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई स्वेच्छारी, प्रतिगामी र केशरजंग रायमाझीपन्थी भनेका छन् ।


प्रतिक्रिया