गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसका भ्रातृ संगठन सडक आन्दोलनमा उत्रिने

गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसका भ्रातृ संगठन सडक आन्दोलनमा उत्रिने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरू सडक आन्दोलनमा उत्रिने भएकाे छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनीहरू सडक आन्दोलनमा उत्रिने भएका हुन् ।

कांग्रेसका भ्रातृ संगठनहरू नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी पीडितका पक्षमा छुट्टाछुट्टै आन्दोलनको तयारी गरेका छन् । महिला संघले १ जेठबाट र तरुण दलले २ जेठबाट सडक प्रदर्शन गर्ने भएका हुन् ।

सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रूपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याएर कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको महिला संघले जनाएको छ । महिला संघले मंगलबार दिउँसो साढे १ बजे शान्तिबाटिकामा हुने विरोध र्‍याली गर्दै छ ।

तरुण दलले सहकारीपीडितको पक्षमा बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरिने जनाएको छ ।