प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली काँग्रेसका नेताहरूसँग संवाद जारी राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान काँग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन नगरिए आज नीति तथा कार्यक्रम नै ल्याउन नदिने अडान राखिरहेको छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न काँग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्दैछ । त्यसअघि काँग्रेस नेताहरू प्रधानमन्त्रीसँग छलफलमा बसेका हुन् ।

दाहालले हिजो पनि संसदको गतिरोधका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका थिए । छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले भने काँग्रेसको माग अनुसार व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका थिए ।