गुजरातको प्लेअफ सम्भावना सकियो

गुजरातको प्लेअफ सम्भावना सकियो


ग्लोब नेपाल
108
Shares

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपीएल)मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिए । यसले गुजरात टाइटन्सलाई कुनै फाइदा भएन । तर, कोलकाता भने शीर्ष दुईभित्र रहेर क्वालीफायर १ खेल्ने पक्का भएको छ ।

कुनै न कुनै रूपमा प्लेअफमा पुग्न शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले आफ्ना दुवै खेल जितेर १४ अंक जोड्नु परेको थियो र त्यसपछि अन्य टोलीको नतिजामा भर परेको थियो । तर, केकेआरविरुद्धको खेल रद्द भएपछि टोलीले एक अंक मात्र पाएको छ र अहिले १३ खेलबाट ११ अंक जोड्दै आठौं स्थानमा छ ।

यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अंक मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अंक भएका चार टोली छन् । यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ ।