मन्त्रिपरिषद् बैठक सिँहदरवारमा जारी

मन्त्रिपरिषद् बैठक सिँहदरवारमा जारी


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको एक मन्त्रीले बताए ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्लाई सम्बोधन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।