प्रतिनिधिसभामा कांग्रेसले घेर्‍यो रोष्टम, जेठ ३ गतेसम्मका लागि बैठक स्थगित

प्रतिनिधिसभामा कांग्रेसले घेर्‍यो रोष्टम, जेठ ३ गतेसम्मका लागि बैठक स्थगित



काठमाडौँ । प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरोध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।

कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रस्तुत हुन सकेन ।

कांग्रेसले रोष्टम घेर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर’ भन्दै नाराबाजी गरेको हाे ।

संसदीय छानबिन समिति गठनको माग गर्दै लगातार नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।