गृहमन्त्रीविरूद्ध काठमाडौंमा तरुण दलको प्रदर्शन

गृहमन्त्रीविरूद्ध काठमाडौंमा तरुण दलको प्रदर्शन



काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस तरुण दलले काठमाडौंमा प्रदर्शन गरेकाे छ ।

निरन्तर सदन अवरुद्ध गराईरहेको कांग्रेसका भ्रातृ संगठनहरूले सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।

आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो ।