लिटरमै सात रुपैयाँ घट्यो पेट्रोलको मूल्य

लिटरमै सात रुपैयाँ घट्यो पेट्रोलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घटेको मूल्य बुधवार राती १२ बजेबाट लागू भएकाे छ । पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर थियाे भने अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ ।