राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने

राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने



काठमाडौँ । राष्ट्रिय सभाको बैठक अपराह्न ४:३० बजे बस्ने भएको छ । यसअघि अपराह्न १:१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।

बैठक विशेष कारण तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।