राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित



काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेकाे छ ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १:१५ बजेसम्मका लागि स्थगित गरेका छन् ।