प्रतिनिधिसभा बैठकमा कांग्रेसकाे नाराबाजी

प्रतिनिधिसभा बैठकमा कांग्रेसकाे नाराबाजी



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले नाराबाजी सुरू गरेको छ ।

संसद् बैठक सुरू हुनुबित्तिकै नेपाली कांग्रेसका सांसदहरूले उठेर नाराबाजी गरेका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राखेकाे हाे ।