संसदमा प्रतिपक्षविरुद्ध सत्ता पक्षको नांगो हस्तक्षेप

संसदमा प्रतिपक्षविरुद्ध सत्ता पक्षको नांगो हस्तक्षेप



काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधमा सत्ता पक्षले प्रतिरोध गर्दा संसदमा केही समय भिड्न्त स्थिति सिर्जना भएको थियो । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिपक्षी दल बेल घराउ गर्न गयो । बेलतर्फ जान नदिन एमालेको सांसदहरु अगाडि सरेपछि भिड्न्त सुरु भएको थियो ।

गृहमन्त्री निस्कने लबी नजिकै कांग्रेस सांसद धनराज गुरुङ थिए । उनले गृहमन्त्री रविलाई रोक्न अगाडि सरे । सत्तापक्षबाट केपी ओलीले अगाडि सरेर धनराजलाई ‘तँ रातो पासपोर्टवाला गृहमन्त्रीलाई रोक्छस भनेर चर्को स्वरमा कराउन थाले । त्यसपछि तँ सहकारी ठगलाई बोक्ने, गिरिबन्धुको जग्गामा कमिसन लुट्ने ओली के खोजेको भनेर सांसद धनराजले जवाफ फर्काए । त्यो विवाद छुट्टाउन पुगेका सांसद रामहरि खतिवडाका अनुसार ओली आफै भिडन्तमा उत्रिनु भयोे, हामीले सम्झाउने प्रयास मात्र गरेका हौं ।

सभामुखले बल मिच्याइ गरेर संसदको कारबाही अगाडि बढाएपछि भिड्न्त सिर्जना भएको सांसद खतिवडाले बताए । प्रतिपक्षको मागलाई बेवास्ता गरेर पेलेरै जाने सत्ता पक्षको रणनीतिमा सभामुखले साथ दिएपछि संसदमा दुखद घटना हुन पुगेको निष्कर्ष सांसद खतिवडाको छ ।

यो भिड्न्तको विजारोपण एमाले अध्यक्ष ओलीले हिजो बुधबार नै गरेका थिए । अदालत र प्रतिपक्षी दलविरुद्ध विष वमन गर्दै ओलीले भनेका थिए, ‘गृहमन्त्रीलाई बोल्न नदिने हो भने हामी कांग्रेसलाई पनि बोल्न दिदैनौं ।’ उक्त धम्कीपूर्ण भाषामा एमाले अध्यक्ष ओलीको अभिव्यक्तिले आज संसदमा भिडन्त हुन्छ भन्ने पूर्व संकेत गरिसकेको थियो । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भिडन्तका लागि तयारी अवस्थामा राखेको देखिन्थ्यो । प्रतिपक्षीसँग उनीहरुको नोकझोक मात्र भएन, अश्लिल शब्दमा गालीगलौजसमेत आदान–प्रदान भएको थियो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ । उक्त ठगी प्रकरणबारे संसदीय छानबिन आयोग गठन गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । संसदीय व्यवस्थामा संसद प्रतिपक्षको ठानिन्छ । तर बिहीबार प्रतिनिधिसभामा सत्ता पक्ष र सभामुख मिलेर प्रतिपक्षको मागलाई दबाएर अगाडि बढ्न खोज्दा भिड्न्त सिर्जना भएको सांसद प्रतिमा गौतमले बताइन । भिडन्तको अवस्था सिर्जना भएपछि सभामुख देवराज घिमिरेले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।