प्रचण्ड-ओली र रविबीच सिंहदरवारमा छलफल

प्रचण्ड-ओली र रविबीच सिंहदरवारमा छलफल



काठमाडौं । सदनको गतिरोध हटाउन सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरवारमा छलफल भएकाे हाे ।

त्यो छलफल सकिए पनि विपक्षी दलले समय मागेपछि सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् ।

कांग्रेसले केही समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

यसमा सहमति जुट्न नसक्दा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।