गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ



काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेविसंघले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको हाे ।

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ प्रदर्शन गरेको छ ।