प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित



काठमाडौं । आज बिहान ११ बजे बस्ने गरी बोलाएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ ।

हिजोको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच सहमति नहुँदा बैठक बस्न नसकेकाे हाे ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन् ।