तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका वडा नं. ६ तिलारका २० बर्षीय विनोद गुरुङ र बन्दिपुर ५ भाँगेका २० बर्षीय हिरा गुरुङ रहेका छन् । हिजो शनिवारनै व्यास नगरपालिका वडा नं ३ झोलुंगेपुल नजिकै मादी नदी किनारामा अन्दाजी १३ बर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चर्को गर्मि छल्न गाउँका ६ जना युवा मिलेर सो रहमा पौडी खेल्न गएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । मादी नदी किनारामा फेला परेका बालकको सनाखत हुन सकेको छैन ।
मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक प्रकृया पुरा गरेपछि आफन्तलाई शव बुझाईने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया