गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय 

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय 



काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

संसद भवनमा बसेको विपक्षी दलहरुकाे बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् ।

बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसदको बैठकमा बोल्न दिने बताए । गृहमन्त्री लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको उनले बताए ।

शनिबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा शीर्ष नेताहरू सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सहमत भएर कार्यदललाई कार्यादेश निर्माण गर्न जिम्मा दिएका थिए ।

कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदल गठन भएको थियो ।