इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु



गाजापट्टी (प्यालेस्टिनी क्षेत्र) । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ ।

“मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ“, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ३ बजे स्थानीय समयमा आक्रमण भएको थियो । इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ । उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो ।

घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ । अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म दुई सय ८२ जना सैनिक मारिएको सेनाले जनाएको छ ।