राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित

राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित



काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारणवश सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन् ।

सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरूबीच निरन्तर छलफल भइरहेकाे छ ।