‘चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको’

‘चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको’


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

नेविसंघले सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा भएको भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । ‘चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको’ लगायतका नारा लगाएका थिए । प्रर्दशनमा सयौं विद्यार्थी सहभागी रहेका थिए ।