कांग्रेसलाई रविको प्रश्न- प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ?

कांग्रेसलाई रविको प्रश्न- प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ?



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाएका छन् ।

उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बाेल्दै उनले भने, ‘म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरुले कान रातो पार्नु पर्दैन । मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।’

गृहमन्त्री लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए ।

उनले लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । “मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला, रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन,” उनले भने, “हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन ।”