आफूमाथि रोस्ट्रमबाट गृहमन्त्रीले लगाएको आरोप पुष्टि गर्न गगनकाे चुनौती

आफूमाथि रोस्ट्रमबाट गृहमन्त्रीले लगाएको आरोप पुष्टि गर्न गगनकाे चुनौती



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेर जनताको मन बहकाएको टिप्पणी गरेका छन् ।

आइतबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि रोस्ट्रमबाट गृहमन्त्री लामिछानेले लगाएको आरोप पुष्टि गर्न र समिति बनाउन आग्रह गरे ।

“ तपाईं गृहमन्त्री हो कि टेलिभिजनको प्रस्तोता हो ? मेरो अनुरोध छ, समिति बनाए पनि हुन्छ । यत्रो महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, दायाँ प्रचण्ड, बायाँ ओलीजी हुनुहुन्छ,” उनले भने, “म प्रसूतिगृहमा जन्मिएको, त्यहाँबाट सुरु गरे हुन्छ, मज्जाले । नेपालतिर नभएको बेलाको घटना बताउँछु, त्यो पनि छानबिन गरे हुन्छ ।”

गृहमन्त्री लामिछाने प्रतिनिधि सभामा बोलेपछि आफूहरूले बोल्न पाउनुपर्ने माग गरे पनि सभामुख देवराज घिमिरेले समय नदिएको उनको भनाइ छ ।