इरानी राष्ट्रपति र विदेशमन्त्रीको अवस्था अझै अज्ञात

इरानी राष्ट्रपति र विदेशमन्त्रीको अवस्था अझै अज्ञात


ग्लोब नेपाल
135
Shares

इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यमहरुका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हो ।

खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोली अझै पनि दुर्घटनास्थलमा पुग्न सकेको छैन । राष्ट्रपति लगायत हेलिकप्टरमा सवार भएकाहरुको खोजी जारी रहेको छ । उनीहरुको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमहरुले बताएका छन् ।

हिजो भएको दुर्घटना वारजाघन सहर नजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो । ६३ वर्षीय राष्ट्रपति रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए । उनको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ ।