कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्न लागेको जानकारी दिए ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए ।