काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ ।
कांग्रेस सांसदहरूको अवरोधबीच प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममा पुगेका हुन् ।
यसअघि बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ ।


प्रतिक्रिया