कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा संसद अवरोध गरेको घटना कांग्रेसलाई मुल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा नाराबाजीकाबीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मुल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाईहरुले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ । त्यो प्रधानमन्त्रीलाई संबिधान अनुसार विश्वासको मत दिन नदिएर तपाईहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाइँहरुको यो गतिबिधि राम्रो सँग कलंकको रुपमा स्थापित हुने छ । त्यो प्रति दुख व्यक्त गर्छु । त्यो कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ ।’

प्रतिनिधिसभामा नाराबाजीकाबीच प्रधानमन्त्रीको विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु भएकाे छ ।