सभामुख रबर स्ट्याम्प बने : महामन्त्री शर्मा

सभामुख रबर स्ट्याम्प बने : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चीरहरण गरेको अध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, `संसदमा आज सभामुख देखिन ! देखिरहेको छु- रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।´

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए ।