राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित



काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन् ।

कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १:१५ बजे बस्ने गरि स्थगित गरेका हुन् । 

आजकाे प्रतिनिधिसभा बैठक भने कांग्रेससहितका दलको अवरोधका बीच सञ्चालन भएको थियो । उक्त बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।