एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी



नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए ।

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए । उनले तीन सय १३ मत प्राप्त गरे । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुन् ।

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिए । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।