काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
९ जेठ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।
सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया