चलचित्र ‘शिरफूल’असार ७ बाट प्रदर्शनमा आउने

चलचित्र ‘शिरफूल’असार ७ बाट प्रदर्शनमा आउने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रूपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ ।

‘शिरफूल आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ’शिरफूल’ भनिएको हो’, निर्देशक मगरले भने, ‘फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गरिएको छ ।

फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ ।

राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ ।

फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । फिल्मका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन् । फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ ।

फिल्म आरआर फिल्म्सले देशभर वितरणको जिम्मा लिएको छ । निर्देशक कमलको निर्देशनमा यस अघि फिल्म ‘डेसान’ प्रदर्शनमा आई सकेको छ ।