प्रतिनिधिसभा बैठक जेठ ११ सम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक जेठ ११ सम्मलाई स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा संचालन गरेका थिए ।

कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेको बेला सभामुखले बैठक संचालन गरेर राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव र राजनीतिक दल सम्बन्धि विधयेक फिर्ता गर्ने प्रस्ताव पारित गराएका थिए ।