गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलवार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा उनीतर्फका कानुन व्यवसायीहरूले बहस सकेका छन् ।

जसअनुसार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, शेरबहादुर केसी, विजय मिश्र, यदुनाथ खनाल लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि आजै सरकारी पक्षबाट पनि बहस सुरु भएको छ ।

मुख्यमन्त्री अधिकारीले गत वैशाख २३ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।

३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका थिए ।