एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन बाल्टिमोरमा हुने

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन बाल्टिमोरमा हुने


ग्लोब नेपाल
459
Shares

बाल्टिमोर । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी शुरु भएको छ । एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारीले यो जानकारी एनआरएनए अमेरिकाको फेसबुकमार्फत् सार्बजनिक गरेका हुन् ।

डिसी मेट्रो क्षेत्रमा जुलाई १३ र १४ तारिखमा साधारण सभा तथा ज्ञान सम्मेलन गर्नका लागि क्यालिफोर्नियामा सम्पन्न पाचौं बैठकले निर्णय गरेको थियो । स्थानीय च्याप्टर नेतृत्व र एनआरएनएका पदाधिकारीहरुको पछिल्लो छलफलबाट डिसी मेट्रो क्षेत्रको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नै साधारण सभा गर्ने तय भएको छ ।

कार्यक्रमको लागि स्थान तय भइसकेको र कार्यक्रम तालिकाबारे छिट्टै विस्तृत जानकारी गराइने एनआरएनए अमेरिकाका मिडिया कोअर्डिनेटर सतीश चापागाईले बताए ।