सिरोहियासँग कुनै रिसइबी छैन, धेरै हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री

सिरोहियासँग कुनै रिसइबी छैन, धेरै हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए । उनले सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको र धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री दाहालले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए । ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले,’ उनले भने, ‘बढ्ता हो-हल्ला गर्न जरूरी छैन । सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो ।’

सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो ।

सिरोहियालाई म्याद थप गर्ने तयारी भइरहेको छ ।