कांग्रेसले सरकारविरुद्ध १३ गते भृकुटीमण्डपमा बृहत् विरोध प्रदर्शन गर्ने

कांग्रेसले सरकारविरुद्ध १३ गते भृकुटीमण्डपमा बृहत् विरोध प्रदर्शन गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंकाे भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ ।

सरकारले सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा छानबिन गर्न आनाकानी गरेको निष्कर्ष निकाल्दै बुधबार पार्टी कार्यालय सानेपामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

महतले प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जाने बताएका छन् ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर भएको कांग्रेसको ठहर छ ।

कांग्रेसले पहिलो चरणमा शुक्रबार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई काठमाडौंकाे भृकुटीमण्डपमा प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।

यस्तै शुक्रबार नै गृहमन्त्री लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने बताएकाे छ ।

कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको हुनसक्ने कांग्रेसको ठहर छ ।