सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो : चित्रबहादुर केसी

सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले, ‘सभामुख महोदय, सहकारीमा ठगेर यत्रो मुलुकलाई यत्रो बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको यो जुन दुदर्शा छ । यसमा राष्ट्रिय जनमोर्चाले यो नीति तथा कार्यक्रमलाई समर्थन गर्दैन, विरोध गर्दछ ।’