कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने



काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे नाराबाजीका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हाे ।

सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

त्यसैगरी सभामुख देवराज घिमिरेले सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने जानकारी गराएका छन् । उनले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्ने बताएका छन् ।