गण्डकी सरकारविरुद्धको मुद्दाको आज फैसला आउने

गण्डकी सरकारविरुद्धको मुद्दाको आज फैसला आउने



काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दाको आज फैसला आउने भएकोछ । दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुने छ । जवाफी बहस सकिएपछि आजै आदेश आउने बताइएको छ ।

निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो । गण्डकीमा ६० जना सांसद छन् । संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ ।

अधिकारीले पाएको मत संविधान अनुसार पर्याप्त नभएको भन्दै उक्त सरकारलाई हटाएर आफूलाई मुख्यमन्त्री बनाउन पाण्डेले दाबी गरेका छन् । मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा छ ।