उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै अध्यक्ष यादवलेले सर्वोच्चमा रिट दायर गरेका थिए  ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।

उपेन्द्र यादवले जसपा नेपालको बिभाजन संबिधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका हुन् ।