मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दिर्घायु पोखरा अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दिर्घायु पोखरा अस्पतालमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको “दिर्घायु पोखरा अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “दिर्घायु पोखरा अस्पताल” कोे विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी , आदिमा विशेष २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ATM Visa मा आवद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट नि:शुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ ।